काठमाडौं । भाद्र १९, सरकारले दूधको मूल्य बढाएको छ । उपभोक्ताले खरिद गर्दै आएको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको दुग्ध विकास संस्थानले जनाएको छ ।
संस्थानका सूचना अधिकारी सुभाषप्रसाद भट्टराईकाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार पत्राचार गरेको थियो । शुक्रबार बजार पठाउन दूधको प्याकेजिङ भइसकेका कारण २१ गते शनिबारबाट लागू हुने गरी मूल्य बढाइएको भट्टराईले बताए ।