काठमाडाै , भदाै , १९ । अब खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सप्तरीको कंचनरुपमा एक कार्यक्रमलाई सम्बोधन गर्दै   फेरि राष्ट्रसेकव कर्मचारीहरुलाई सरकारले खटाएको ठाउँमा नगए कारबाही गर्ने चेतावनी दिएका छन् ।उनले तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने बताए ।नयाँ र पुराना राष्ट्रसेवकहरु काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाहरुका लागि रोजगारीको बाटो खुल्ने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here