धनगढी, भदौ १९ । कैलालीका विभिन्न स्थानबाट ठगीमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र कैलाली प्रहरीले नक्कली हतियार, विभिन्न कार्यालयका छाप, गरगहनालगायतका बस्तुसहित पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा डोटीको रानागाउं गाविस–९ घर धनगढी उपमहानगरपालिका–६ मटियारी बस्ने बर्ष ३८ को संजय शमशेर जंग बहादुर राणा भन्ने संजय राणा, मकवानपुर आमभन्ज्याङ गाविस–१ घर भई धनगढी–३ मिलनचोक बस्ने वर्ष २७ को रुद्र प्रसाद अधिकारी र सोही स्थानका वर्ष ३३ को कमल बहादुर बिक रहेका छन्।उनीहरुको साथबाट प्रहरीले पेस्तोल थान १ , रिभल्बर थान १ , कटुवा पेस्तोल थान २ , गोली राउण्ड ७ , बटनवाला चक्कु थान १ , सुनको विभिन्न गर गहना ६७९.३६ ग्राम, संजय राणा र संजय शमशेर जंग बहादुर राणा नाम भएको नागरिकता थान २, विभिन्न व्यक्तिको नाममा लिने दिने गरी बनाएको तमसुक कागज थान २३ अर्ब १८ करोड तीन लाख ६४ हजार, हस्ताक्षर गरिएको विभिन्न बैंकहरुको चेक थान ३८ , विभिन्न व्यक्तिको नाममा काटिएको चेकहरु थान १९ रू २ करोड ४५ लाख २० हजार नेपाल राष्ट्र बैकले रिलिज गरेको भनिएको नक्कली बैंक ड्राफ्ट थान ३ रू १ अर्ब ६ करोड ३७ लाख ७३ हजार एक सय ७५, यस्तै ४१ करोड ६५ लाख ३ हजार ७८३ र ४२ करोड १७ लाख ५० हजार ७०७ रुपैयाँका बैंक ड्राफ्ट फेला परेको छ।यसैगरी नक्कली छापहरु–थान ४१, नापी कार्यालय धनगढीको छाप थान १, राजश्व विभाग सेवा कार्यालय सिहदरबार काठमाण्डौको छाप थान २, मालपोत कार्यालय कैलालीको छाप थान ३, नापी कार्यालय टिकापुरको छाप थान १, नापी विभाग टिकापुरको छाप थान २, मालपोत कार्यालय कैलाली कम्प्युटर फाँटको छाप थान १, नोटरी पब्लिकको छाप थान १, कर अधिकृतको छाप थान ३, मालपोत अधिकृतको छाप थान २, सुचना तथा संचार मन्त्रालयको छाप थान १, कार्यकारी निर्देशन नारायण प्रसाद पौडेलको छाप थान १, नेपाल राष्ट्र बैंक बालुवाटार काठमाडौंको छाप थान ५, बर्दगोरिया गाउँपालिकाको छाप थान २, घोडाघोडी नगरपालिकाको छाप थान १, धनगढी उप–महानगरपालिकाको छाप थान १, गोदावरी नगरपालिकाको छाप थान १, नोटरी पब्लिक भेरिफिकेशनको छाप थान १, अर्थ मन्त्रालय सिँहदरवारको छाप थान १, आन्तरिक राजश्व विभागको छाप थान १, नेपाल राष्ट्र बैंक नेपालगंज बाँकेको छाप थान १, डा. चिरिन्जिबी नेपाल गभर्नरको छाप थान १, कार्यालय प्रमुखको छाप थान १, महालेखा नियन्त्रकको कार्यालयको छाप थान १, नेपाल राष्ट्र बैँक सिद्धार्थनगर भैरहवाको छाप थान १ , सर्वेक्षकको छाप थान ४, स्ट्याम्प प्याड थान ६ बरामद भएको छ। नेपालखबर