मुगु, १८ भदौ ।

जिल्लाको सोरु गाउँपालिका-१० मा पर्ने एक विद्यालयमा विद्यालय व्‍यवस्थापन समिति गठन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी पक्षधर र नेपाली कांग्रेस पक्षधरबीच विवाद भएपछि विद्यालयमा तालाबन्दी गरिएको छ।

जगतमाला माध्यमिक विद्यालयको विद्यालय व्‍यवस्थापन समिति गठन गर्ने क्रममा मंगलबार नेपाल कम्युनिष्ट पाटी पक्षधरले हिक्मतबहादुर मल्लको अध्यक्षतामा एकलौटी रुपमा विद्यालय व्‍यवस्थापन समिति गठन गरेको भन्दै नेपाली काग्रेश पक्षधरले असमहति जनाउदै बिरोध स्वरुप विद्यालयमा तालाबन्दि गरेका विद्यालयका प्रधानध्यापक धनराज जैसीले जानकारी दिए। बुधबार विद्यालयले अविभावक भेला बोलाई विद्यालय व्‍यवस्थापन समितिको गठनमा सहमती गर्न आग्रह गरेपनी काग्रेश सर्मथक स्थानीयबासी भेलामा नआएपछी कुनै छलफल भने हुन सकेको छैन। ४ सय बिद्यार्थी रहेको यो विद्यालयमा व्‍यवस्थापन समिति गठनका बिषयमा नेकपा र नेपाली काग्रेशबीच विवाद हुँदा विद्यालय प्रशासनले मध्यस्थता गर्न खोजे पनि दुवै पक्ष आ आफनै अडानमा रहेकाले समस्या बल्झदै गहेको छ। नेकपा सर्मथकहरुले मंगलबार गठन भएको विद्यालय व्‍यवस्थापन समितिनै कायम हुनु पर्ने अडान राखेका छन भने कांग्रेस समर्थकहरूले यो समिति एकलौटि गरिएकाले पुर्न गठन गर्नु पर्ने अडान राखेकाले विवाद सिर्जना भई कागे्रश सर्मथककले विद्यालय तालाबन्दी गहेका स्थानीयबासी हरिकेश आर्चायले जानकारी दिए। पठन पाठन ठप्प विद्यालय व्‍यवस्थापन समिति गठनको बिषयलाई लिएर विद्यालय बन्द गर्न नहुने स्थानीयको भनाई छ। राजनैतिक कारण विद्यालय तालाबन्दी हुँदा विद्यार्थीको पठन पाठन ठप्प भएको छ। विद्यालय आएका विद्यार्थी पनि विद्यालय तालाबन्दीपछि घर फर्किएका छन्।
थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here