रौतहट, १८ भदौ । रौतहटको बौद्धीमाई नगरपालिकाको वडा नं ६ पिपरिया टोलमा समाजसेवी राजनवावु जयसवालको विशेष पहलमा निशुल्क आंखा शिविर सञ्चालन गरिएको छ।

नेपाल नेत्र ज्योति संघ रौतहटको आयोजनामा संचालित शिविरमा ४५० जनालाई आँखा परिक्षण गरिएको थियो भने मोतिबिन्दका २०० रोगीहरुलाई सम्पूर्ण सुविधा निशुल्क पाउने समाजसेवी जयसवालले बताएका छन्।

जयसवाल स्थानीय निर्वाचनमा मेयर पदका लागि निर्वाचनमा प्रत्यासी समेत रहेका जयसवाल आज समाजसेवी भई समाजसेवामा तत्पर रहेको बताए। शिविर संचालनमा जयसवाललाई मदत पुर्याउने राजाराम कुशवाहा, राजेश यादव, सुरेश साह, भोला यादव, कासी पटेल, मुदालाल पटेल, शंकर मस्ताना, डा जयमंगल कुशवाहा, राजेश कुशवाहा, अच्छेलाल कुशवाहा लगायतले शिविरमा तैनाथ रहेका थिए।

शिविरमा आँखाका रोगी संग भेट्न संसदीय क्षेत्र नं २ का संसद मो आफताव आलम क्षेत्र नं २ ख बिधायक प्रत्यासी रामचन्द्र गिरी तथा शिविर रहेको वडा न ५ वडा अध्यक्ष गुदर राय समेतले अनुगमन गरेका थिए भने गौर आखाँ अस्पतालका बरिष्ठ नेत्र अधिकृत शम्भु पासवान, विनिता केशरी, रघुनाथ साह तथा काउन्सिलर अब्दुल कलाम समेतको टोलीले शिविरमा आँखा परिक्षण गरी मोतीबिन्दु रोगीहरुलाई शल्यक्रियाको लागी आंखा अस्पताल लाने तयारी समेत गरेको समाजसेवी जयसवालले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here