विवेक शर्मा ।

रौतहट,१८ भाद्र ।
रौतहटको बिच भागमा अवस्थित गरुडा नगरपालिकाको वार्ड न ५ मा पर्ने रौतहटकै प्रख्यात शिवनगरको शिव मंदिरको पश्चिम तर्फ रहेको लोहार जातीको कुल देवता श्री विश्वकर्मा जीको मंदिरमा निमार्णाधीन अवस्थामा रहेको धर्मशाला बनाउन रौतहट जिल्लको फतुवा विजयपुर नगरपालिका वार्ड न ९ मा बस्ने श्री जितेन्द्र ठाकुरले रु ५१ ह्जार रकम सहयोग गरेको छ ।
धार्मिक तथा समाज सेवामा अग्रसर रहेका ठाकुर एक विजिनेश म्यान पनि रहेको छ । वाहाँले ’मानव सेवा गर्नु मानविय धर्म रहेका’े भन्नु हुन्छ । विगतकै दिन देखि वाहाँ धार्मिक काममा अग्रसर हुदै आइरहेको छ । निमार्णाधीन अवस्थामा रहेको धर्मशालाको अगाडीको दुईटा रुमको सटर लगाउन यो रकम प्रदान गर्नु भएको छ । यो काम सकिने वितिकै आवश्यक परेको वखत फेरी पनि आफु सहयोग गर्ने ठाकुरको भनाई रहेको छ ।


समान्य परिवारबाट हुर्केका आज आफनो मिहिनेते अगाडी बढदै गइरहेको छ । वाहाँ अहिले एउटा काठ चिर्ने मिल, मोटर साइकल सोरुम, फर्निचरको साथै अन्य कयौ व्यवसायमा लग्नुभएको छ । लोहार जातीको कुल देवता विश्वकर्मा जी भएको कारणले यो मंदिरमा दान गर्नु लोहार स्वजातियको स्वभाग्यको कुरा रहेको ठाकुरको भनाई रहेको छ ।
यो मंदिर वि।स। २०५७ सालमा शिवनगरमा बनेको हो । लोहार जातीको लगानीमा मात्र बनेको यो मंदिर रौतहटकै सौन्दैर्य मध्ये एक रहेको छ । यस मंदिरमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पुजाको दिन धेरै धुमधमा सगँ बाबा विश्वकर्माको पुजा हुने गर्दछ । जसमा रौतहट जिल्ला भरिको लोहार स्वाजातिहरु उपस्थित हुने गर्दछ । हरेक वर्ष जस्तै यस वर्ष पनि असोज १ गतेको दिन धुमधामको साथमा पुजा गर्ने योजना समेत रहेको छ । जसमा यो सालमा एस इ इ देखी पि।एच।डी। सम्म पास गर्ने लोहार स्वाजातियलाई सम्मान, लोहार स्वाजातियमा ७० वर्ष भन्दा माथिका बृद्धबृद्धाहरुलाई सम्मानको साथै निःशुल्क स्वास्थ्य शिविर चल्ने व्यवस्था रहेको श्री नेपाल विश्वकर्मा लोहार सँघ जिल्ला कार्य समिति शिवनगर रौतहटको जिल्ला सचिव रामसोगारथ शर्माले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here