धनगढी, १८ भदौ ।

कैलालीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ धप्रेनीमा टिपर दुर्घटना हुँदा सोही गाउँपालिका-६ का ३० वर्षीय नरेन्द्र थापाको मृत्यु भएको छ।

दुर्घटनामा घाइतेको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गम्भीर घाइते भएका व्यक्तिको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। थाहा खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here