भदौ, सप्तरी । भारतीय बजारबाट नयाँ शैली प्रयोग गरेर अवैध लागूऔषध भित्रिने गरेको रहस्य खुलेको छ । खाना पकाउने ग्यास सिलिण्डरमा प्वाल पारी लागूऔषध हालेर ल्याइरहेको अवस्थामा सप्तरीको राजविराज नगरपालिका–१६ बाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । एकसाता अघि मात्रै वीरगञ्ज भन्सारबाट प्रहरीले खाने तेलको ग्यालेनभित्र राखेर ल्याउँदै गरेको अवस्थामा लागू औषध बरामद गरेको थियो । राजगढ गाउँपालिका–६ का ३८ वर्षीय अशोक यादवले स१०प १३ नम्वरको मोटरसाईकलमा सिलिण्डर राखेर राजविराजतर्फ आउँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो । सादा पोशाकमा खटिएका प्रहरीको टोलीले सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको सप्तरकिा निमित्त प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले बताए । पक्राउ परेका यादवलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । सिलिण्डरभित्र १ सय एमएल डाईलेक्स र १ सय ४० थान डीसीसीरप बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here