भदौ १६, २०७६ काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ पक्राउ परेका छन्। उनलाई आइतबार साँझ महानगरीय प्रहरी परिसरले पक्राउ परेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनले नाम भने बताउन चाहेनन्। शनिबार राजधानीका विभिन्न स्थानमा रहेका बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा पाँच जना चिनियाँ पक्राउ गरेको थियो। उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, १ हजार १ सय ९१ चिनियाँ युआन, ९ हजार १ सय ८ अमेरिकी डलर, ५ हजार कम्बोडियाको मुद्रा र २ सय ५० यूरो बरामद भएको प्रहरीले जनाएको छ। विमानस्थलमा पक्राउ पर्ने चिनियाँ नागरिक ह्याकर गिरोहका सदस्य हुन सक्ने अनुमान प्रहरीले गरेको छ। थप अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले जानकारी दिए।
थाहा खबर