जनकपुर , भदौ  १६ ।  आज देशैभरी हरितालिका तीज  धुमधामसंग मनाइदै छ ।बिवाहित महिलाले आफ्ना श्रीमानको दिर्घायुका लागी र अबिवाहित स्त्रीहरुले शुयोग्य वर पाउँ भन्दै आजका दिन निराहार ब्रत बस्ने प्रचलन छ ।

पौराणिक कथाअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएको प्रसंगलाई आधार मानी तीजको ब्रत बस्ने परम्पराको सुरुवात भएको मानिन्छ ।

अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ । भाद्र शुक्ल द्वितीयाका दिन गए राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सबै महिलालाई तीज पर्वको शुभकामना दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here