नारायण थापा

भदौ १५, २०७६
भक्तपुर ।  काठमाडौं उपत्यकामा गाडीको ब्याट्री चार्ने समूह सक्रिय भएकाे पाइएकाे छ । गाडीको ब्याट्री चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले ब्याट्री चोरेर ओसार पसार गर्ने २ गाडी, चोरिएका १८४ थान  ब्याट्रीसहित पक्राउ गरेको

पक्राउ पर्नेमा  इटहरी उपमहानगरपालिका वडा नम्बर ९ घरभइ मध्यपुरथिमीको राधे राधे बस्ने २२ वर्षीय मनोज सापकोटा, दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ३ पुतलीघाट घर  भइ राधे राधे बस्ने ३१ वर्षीय बिमल श्रेष्ठ, भारत मोतिहारी पताही थाना घरभइ  मध्यपुरथिमी बस्ने २१ वर्षाीय चन्दनकुमार र भारत मुझफरपुर पूर्वीचम्पाण घरभइ ललितपुर महानगरपालिका ३ धोवीघाट बस्ने ३७ वर्षीय सुरेन्द्र चौधरी छन् । प्रहरीले उनीहरुलाई आइतबार सार्वजनिक गरेकाे छ

प्रहरीले व्याट्री चोरिएपछि ओसारपसार गर्ने कवाडी पसलसमेत संचालन गर्दै  आएका बिमल श्रेष्ठको प्रदेश नम्बर ०३–०१–०२२ प.२१६६ नम्बरको कार र  चोरिएको ब्याट्री लोड गर्दै गरेको ना.२ ख. ४३५४ नम्बरको भ्यान, १८४ थान  ब्याट्री र चोरीमा प्रयोग हुने रड एवं रेञ्चु समेत बरामद गरेको प्रहरी वृत्त  जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताउनुभयो ।

उनीहरुले सडकमा रोकिराखेका बस, ट्रक लगायत विभिन्न सवारी  साधनबाट ब्याट्री चोर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी  दिनुभयो ।

जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here