भाद्र ,११ : कर्मचारीको मिलोमतोमा सेवाग्राहीसँग मोटो रकम लिएर लाइसेन्स बनाइदिने बताउने दुईजना दलाल पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सर्लाहीको मलङ्गवा नगरपालिका–११ बस्ने २५ वर्षका जितेन्द्र यादव र महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने २८ वर्षका पंकज कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित ज्ञानकुप विद्यालयको प्राङ्गणमा मोटरसाइकल लाइसेन्सको लागि ट्रायल परीक्षामा पास गराइदिने भन्दै धनुषाको मिथिला नगरपालिका–६ बस्ने देवेन्द्रप्रसाद यादवसँग ५ हजार र धनुषाको सबैला नगरपालिका–१० बस्ने अरुणकुमार पंजियारसँग ७ हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा दलालको काम गर्दै आएका जितेन्द्रलाई पक्राउ गरेको जिप्रका धनुषाले बताएको छ ।
जितेन्द्रको साथबाट ४० हजार रुपैयाँ नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजात समेत बरामद गरेर ठगी मुद्दा चलाएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
जितेन्द्रले १० जनाको सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै महोत्तरीको महोत्तरी गाउँपालिका–२ बस्ने पंकजकुमार सिंहलाई १ लाख ५१ हजार रुपैयाँको एनआईसी बैंकको चेक दिएकाले उनलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको उनले जनाए ।
पछिल्लो समय प्रदेश नम्बर २ को सरकार
मारहत आएपछी जनकपुर यातायात व्यवस्था कार्यालयमा बिचौलिया र कर्मचारीको
सेटिङ्गमा पैसा लिएर लाइसेन्स बनाइदिने धन्दा उल्लेख्यरुपमा मौलाएको छ ।
रातो समाचार :