जनकपुर , साउन २७ । प्रदेश २ मा अहिले वृक्षारोपण अभियान युद्धस्तरमा चलिरहेको छ । प्रदेशको ८ वटै जिल्लामा दैनिक वृक्षारोपण कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।
कहिले सडक छेउमा वृक्षारोपण, कहिले कुनै दिवसमा, कहिले त्यतिकै वृक्षारोण हुँदै आएकोे छ । प्रदेश मा जंगल कम भएकाले नै वृक्षारोपणमा जोड दिएको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री सुरेश मण्डलले बताए । यस्ता वृक्षारोपणमा मन्त्री र सचिव समेत सहभागि हुने गरेको छ ।
भदौको पहिलो सातामा प्रदेश भरी एकदिनमै एक लाख वृक्षारोपण गर्नेपनि तयारी भइरहेको छ । वन निर्देशनालय प्रदेश २ का अधिकृत सुरेश शर्माले निर्देशनालयले डिभिजन वन कार्यालयलाई प्राविधिक सहयोग उपलब्ध गराएर यो अभियानलाई अगाडी वढाएको वताए ।