भक्तपुर, नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक ज नालाई पक्राउ गरेको छ ।  सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज पक्राउ गरेको हो । 

छिमेकी नातिनी उमेरकी बालिकालाई पटक पटक दुव्र्यवहार गरेको र पछि बलात्कार गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको नायब उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए । 

पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए । आज म्याद थप गरी आवश्यक अनुसन्धान र कारवाही अगाडि बढाउने प्रहरीको भनाइ छ । 

सभार – टिभी अन्नपूर्ण,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here