कैलाली : नक्कली नोट बनाउने मेसिनसहित ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खगेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्।

तीन जनालाई  धनगढीबाट पक्राउ गरिएको र गोकुल खड्कालाई सीआईबीको टोलीको सहयोगमा काठमाण्डौबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले जानकारी दिए।उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्कली नोटसमेत बरामद गरिएको छ।

उनीहरूबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ थान नोट, पाँच सयकै भारतीय ८६ थान नोट, भारतीय पाँच सय दरको पछाडिको भाग छापिएको ४ नोट बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरीक्षक सुदिप गिरीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here