सिराहा, साउन २४ गते । सिराहाको कल्याणपुर नगरपालिकामा बिहिवार किसानहरुले मलखाद्य माग गर्दै नगरपलिकामा तालाबन्दी गरेका छ्न ।
उनिहरुले मेयरले आफ्नै नातागोता र आफ्न्तलाइ बाडेको आरोप लगाएका छ्न । मलखाद्य नपाएर त्राहिमाम रहेका हजारोको संख्याम आएका किसानहरुले “हमरा सबके खाद्य चाहि । अर्थात हामिलाइ खाद्य दिनुस भन्दै नाराबाजी गरि कार्यालय घेराउ गरि तालाबन्दी समेत गरेका थीए । तालाबन्दी गरेपछि ताला खुलाउन मेयर आफै आएपछि तपाइहरुको मागलाई पूरा गर्छौ भने प्रतिब्धता पछि साझ ५ बजे ताला खुलेका छ्न ।
तीन दिन देखि आउ जाउ गरि हरान भइ मलखाद्य लिन आएका कल्यानपुर ६ का ताहिर राइन भने यो नौलो विषय होइन मेयरले पट्क पट्क यसरि नै गर्ने गरेको छ । धानको बीउ देखि लिएर गेहुको बिउमा पनि यस्तै हालत थियो । किसानभन्दा पनि आसेपासेलाई प्राथमिकतामा राखेर बाड्ने गरेको आरोप लगाए । स्थानिय महिला किसानहरुले हामिले किन खाद्य नपाउने हामी तीन दिन देखि आउने र जाने मात्रै गरेको बताए ।
हामी अब तालाबन्दी गर्छौ,भन्दै होहल्ला गरेका थीए । उनिहरुसङ्गै खाद्य लिन आएका कल्याणपुर नगरपालिका -१० बस्ने स्थानीय राजपाका नेता रामबाबू यादब भन्छ्न मेयर साबले किसानले खेतीपाती गरि मलखाद्य छर्किने बेलामा आश्वासन मात्र बाडेने गरेका छ्न । जबकि यस नगरपलिकाको लागि १२०० सय बोरा आएको छ, तर एकपटक ४७० बोराको कुपन काटेर राखेको पनि छ, तर दिन मानेको छैन । तालाबन्दी गर्न गएका केही महिलाहरुलाई प्रहरिले कुट्पिट समेत गरेको बताए । स्थानीय नेता यादव भन्छ्न अधिकार खोज्दा मल खाद्य त के कुटाइ मात्र खानु परेको छ। अब हामी चुप लागेर नबस्ने नगपालिकाको प्रत्येक कुरामा हाम्रो निगरानी रहने बताए । मेयर सुर्यनाथ मणड्लले हामीले मागेको आब्सयकता बमोजिम खाध संस्थानले उपल्ब्ध नगराउदा यस्तो समस्या भएको प्रतिक्रया दिए । हामी चाडो नै किसानको दुख र मार्का सम्झी उपलबध गराउने बताए ।