रौतहट, ४ साउन ।
नेपाल सरकार कै कारण मधेश सधै भरि डुबानमा पर्ने गरेको आरोप प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले लगाउनु भएको छ ।
बाढीपीडित निरीक्षण गर्न २ दिन अगाडी मात्र रौतहट आएका मुख्यमन्त्री राउतले प्रदेशबाट घोषणा गरिएको राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै छिमेकी सरकारले आफना जनताहरुलाई बचाउन हरेक जुक्ति लगाए पनि नेपाल सरकारले सदियौ देखि विभेद गदैं आएको मधेशलाई बचाउन लगाईको लालबकैया, बागमति, कमला जस्ता नदीको बाधको मर्मत समेत नगर्नुले मधेश डुबानमा परेको उनको आरोप रहेको छ ।
संघिय सरकारका प्रतिनिधीहरु बाढीपिडित क्षेत्रमा गई फोटो सेसनमा मात्रै व्यस्त भएको बेला प्रदेश सरकारले संघियताको अनुभुति गराउदैं आफना प्रदेशका बाढीहरुका लागि प्रदेशबाट बाढी प्रभावित जिल्लाहरुमा तत्कालीन १० लाखको राहत उपलब्ध उनले बताए ।
देश कै सबै भन्दा बढी पिडित प्रदेशको रुपमा रहेको यस प्रदेश नं. २ का बेला बेलामा आउने दैवी विपतीहरु बाट सर्तकताका लागि स्थायी समाधान खोज्न पटक पटक प्रधानमन्त्रीलाई आफु अनुरोध गरेको उनले खुल्लासा गरे ।
बाढी आए लगतै बाढीप्रभावित क्षेत्रको अवालोकन तथा निरिक्षणका लागि आफुले नेपाल सरकारसँग हेलिक्पटरमाँग गर्दा हाल सम्म सरकारबाट कुनै प्रतिक्रिया नआएको उनको भनाइ रहेको छ ।
रौतहट जिल्लाको क्षेत्र नं.१ को विधान सभा ख को माधव नारायण नगरपालिका वडा नं. ७ मा आयोजना गरिएको अति प्रभावित बाढी पिडितहरुलाई मुख्यमन्त्रीद्धारा राहत वितरण कार्यक्रममा विशिष्ट अतिथि एवम प्रदेश नं. २ भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले रौतहटबाट पुर्णरुपमा प्रभावित भएकोले प्रदेश सरकारसंग बाढीग्रस्त क्षेत्र घोषणा गर्ने माँग गर्नु भएको छ ।
असार २८ गते आएको विनाशकारी बाढीबाट मानविय क्षतिका साथै पशु चौपाया र कृषि क्षेत्र पनि पुर्णरुपमा प्रभावित भएकाले बाढीग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने र यस जिल्लाका लागि विषेश पैकेज ल्याउनु पर्ने माँग मुख्यमन्त्रीसंग राज्यमन्त्री यादवले गरेका छन् ।
आयोजित राहत वितरण कार्यक्रममा क्षेत्र नं. १ को विधान सभा ख को १९ वडा तथा विधान सभा क को २ वडा गरि जम्मा २१ वडाका ७ सय ५० बाढी पिडितहरुलाई राहत वितरणको कार्य गरिएको हो ।
माधव नरायण नगरपालिका मेयर विरेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा सांसद प्रत्यासी किरण साह, देवाही गोनाही नगरपालिका मेयर धमेन्द्र कुमार पटेल लगायतहरुको सहभागिता रहेको थियो ।