रौतहट, ४ साउन ।
रौतहटको देवाही गोनाही नगरपालिकाका बाढीपिडितहरुलाई राहत वितरणको कार्य भएको छ ।
आशा र चुनौती नामक गैर सरकारी संस्था काठमाण्डौंको सहयोगमा आज असार २८ गते आए विनाशकारी बाढीबाट प्रभावित भएका वडा नं. १ र २ का करिब ५ सय ५० जनालाई राहत वितरणको कार्य गरिएको हो ।
देवाही गोनाही नगरपालिकाका मेयर धमेन्द्र कुमार पटेलको विषेश पहलमा आएको उक्त संस्थाले बाढी पिडितहरुलाई चामल ३० केजी, दाल ४ केजी, चिउरा ४ केजी, झुल १ थान वितरण गरिएको हो ।
देवाही गोनाही नगरपालिकाका अन्य वडाका पिडितहरुलाई वितरण गर्न राहत संकलनको कार्य भइ रहेको र नगरपालिकाले तत्कालिन राहत बाढी पिडितहरुलाई बाढी आएको भोली पल्टबाट नै वितरण गरि रहेको जानकारी नगर प्रमुख पटेलले गराएका छन् ।