जनकपुरधाम, ३ साउन । स्थानीय तहको लागि लोकसेवा आयोगले संविधानको मुलमर्म र भावना विपरीत निकालेको विज्ञापन खारेजीको माग गर्दै युवाहरुले जनकपुरमा लोकसेवा आयोग विरुद्ध प्रदर्शन गरेका छन् ।

उनीहरुले शुक्रबार जनकपुरको जनकचोकमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुत्ला समेत जलाएका छन् । सो क्रममा प्रदर्शनकारी र प्रहरी बिच घम्साघम्सी समेत भएको छ । प्रहरीले एकदर्जनभन्दा बढी प्रदर्शनकारी युवाहरुलाई पक्राउ गरेको छ ।

लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा आरक्षण कटौती गरेको, मधेशी, थारु, जनजाती लगायतलाई उपेक्षित गरेको भन्दै विभिन्न पार्टीका भातृ संगठन, तराई मधेश राष्ट्रिय परिषद, आदिवासी जनजाति महासंघ, दलित, मुश्लिम लगायतका संघसंस्थाहरूको साझा मोर्चाहरुले ‘आरक्षण बचाउ आन्दोलन’ मूल नारा दिएर शुक्रबार प्रदर्शन गरेको हो ।

प्रदर्शनको क्रममा प्रहरी र प्रर्दशनकारीबीच समान्य हथाबाहीसमेत भएको हो । प्रहरीले पुत्ला दहनमा हस्तक्षेप गरेपछि केहिबेर प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिँन दुई दर्जन युवाहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेका छन् ।

प्रर्दशनका सहभागिहरुले लोकसेवा विज्ञापन फिर्ता गर, लोकसेवा आयोग मुर्दावाद, समान्य प्रशासन मन्त्री मुर्दवाद, लोकसेवा आयोगका प्रमुख मुर्दावाद लगायतको नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका छन् । प्रदेश २ का लागि आयोगले प्रकाशित गरेको विज्ञापनमा समानुपातिक समावेशी प्रतिनिधित्वको अधिकारलाई कुल्चेको भन्दै लोकसेवाका प्रमुख उमेश प्रसाद मैनाली र समान्य प्रशासन मन्त्री लालबाबु पण्डितविरुद्ध उनीहरुले चर्को नाराबाजी गरेको हो । 
संविधानले प्रत्याभूत गरेको महिला, दलित, मधेसी, थारू, जनजाति, मुस्लिमसमेतलाई राज्यका हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात गरेको दाबी गर्दै युवाहरुले प्रर्दशन गरेको हो । संभार टुडेपाती ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here