रौतहट ३ साउन । बलात्कारको आरोपमा रौतहटको चन्द्रनिगाहपुरबाट एक जना प्रहरी सहायक निरिक्षक पक्राउ परेको छन् ।
हेटौडाबाट चन्द्रनिगाहपुर सगै आई होटलमा बसेकी एक युवतीका आफन्तले बलात्कार गरेको भनि दिएको जाहेरीको आधारमा प्रसनि पक्राउ परेका छन ।
होटलमा लगेर युवतीलाइ बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक राजेन्द्र साह पक्राउ परेका छन । उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत थिए । हेटौडाबाट उनीहरु मोटरसाइकलमा आएर चन्द्रनिगाहपुरमा बसेका थिए ।
चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित एकहोटलमा २० बर्षिया युवतीलाइ फकाइफुलाइ ल्याएर जवरजस्ति गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जवरजस्ति करणी सम्वन्धी जाहेरी दिएकी छिन ।
हेटौडा बाट बहिनी हराएपछि खोजी गर्दै जादा चन्द्रनिगाहपुर स्थित होटलको कोठामा दुवै जनालाइ फेला पारेको र बलात्कार गरेको भन्दै प्रहरी ककार्यालयमा उजुरी परेको हो । पक्राउ परेका प्रहरी साहयक निरिक्षक साहलाइ ५ दिनको म्याद थप गरी अनुशन्धान भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कवित कटवालले जानकारी दिएका छन ।