रौतहट, २ साउन।
रौतहटका बाढीपिडितहरुको घाऊमल्हममा लगाउन आएका प्रदेश नं.२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी आज दिनभरि नै बाढी प्रभावित क्षेत्रमा रहे ।
अन्य बेलाको भन्दा फरक दृष्टिकोणका साथ रौतहटका बाढीपिडितहरुलाई भेटन तथा राहत दिन समेत आएका मुख्यमन्त्री राउत आज यसरी नै व्यस्त भएको देखिए ।
रौतहटको सदरमुकाम गौर नगरपालिकाको अवलोकन पछि जिल्ला प्रशासन कार्यालय रौतहटले आयोजना गरेको पिडित भेटघाट तथा राहतवितरण कार्य गरेका छन् । राहत वितरण पछि मुख्यमन्त्री राउत बाढीबाट मृत्यु भएकाहरुको बारेमा बुझन गौर अस्पताल पुगेका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटको कार्यक्रम सके लगतै मुख्यमन्त्री राउत सदरमुकाम नजिक रहेको राजदेवी नगरपालिकामा बागमतीले गरि रहेको कटानको अवलोकन गरि राजदेवीका बाढीपिडितहरु संग भेटे ।
राजदेवी नगरपालिकाबाट निस्केको मुख्यमन्त्री राउत राजपुर नगरपालिकाको वडा नं. १ को पिपरा भगवानपुरमा बाढीपिडितहरुको अवलोकन तथा राजपुर नगरपालिकाको बैरियामा रहेको लालबकैया नदीको अवस्था बारे जानकारी लिए । मुख्यमन्त्रीको टोली ईशनाथ नगरपालिकाका वडा नं १ बंजरहा र २ औरैया बाढीपिडितहरु संग भेटघाट तथा बाढीग्रस्त क्षेत्रको अवलोकन तथा लालबकैया नदीको अवस्थाबारे जानकारी लिएका थिए ।
औरैयाबाट निस्केको मुख्यमन्त्रीको टोली देवाही गोनाहीको करुनिया बाँधको अवलोकन तथा बाढीपिडितहरुसंग भेटघाट पश्चात गरुडा नगरपालिकाका पुगि त्यहाका करिब २५० जना बाढीपिडितहरुलाई मुख्यमन्त्री राउतले त्रिपाल, चालम, दाल एवम झुुल वितरण थिए ।
मुख्यमन्त्री राउत रौतहटको सबैभन्दा बढी बाढीबाट प्रभावित दुर्गाभगवती गाउपालिकाको वडा नं. ५ बडहर्वाको निरिक्षण तथा अवलोकन पश्चात गढीमाई नगपालिका अन्र्तगत रहेको बागमतीको बाढीबाट भत्केको लक्ष्मीपुर बाँधको निरिक्षण तथा अवलोकन गरेका छन् ।
रौतहटको सदरमुकाम प्रवेश गरेका मुख्यमन्त्री राउतले बाढीबाट मृत्यु भएका परिवारजनहरुलाई विपत व्यवस्थापन घोषणा गरेको १ लाख नगद तथा एक थान त्रिपाल वितरण गरेका थिए ।
बाढी प्रभावित क्षेत्रको अवलोकन तथा निरिक्षण गर्न आएका मुख्यमन्त्री राउतले रौतहटका ५ हजार बाढीपिडितहरुका लागि १ करोड ३५ लाख बराबरको राहत पैकेज वितरण गर्ने घोषणा समेत गरेका छन् ।
मुख्यमन्त्री राउत संग रौतहटका बाढीपिडितहरुको समस्या बुझ्न आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, भौतिक पुर्वाधार विकास तथा यातायात राज्यमन्त्री डिम्पल झा, रौतहट क्षेत्र नं.२ का सांसद प्रत्यासी किरण कुमार साह, देवाही गोनाही नगरपालिकाका मेयर धमेन्द्र प्रसाद पटेल, गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव एवम जिल्ला सुरक्षा निकायका प्रमुखहरु सामेल रहेका थिए ।