रौतहट, २ असार ।
यसो त रौतहटको करिब १ दर्जन गाउहरु असार २८ गते आएको विनासकारी बाढीबाट प्रभावित भएको छ तर बडहर्वाका बाढीपिडितहरुको समस्याको वर्णन भने गर्न सकिने अवस्था देखिदैंन् ।
पहिले देखि नै घरबार भएका तथा बम नहर छेउमा घर भएकाहरुको समस्या सुन्न दुई चारै दिन छुट्टयाउनु पर्ने हुन्छ । असार २८ गते आएको विनाशकारीबाट घरविहीन भएकाहरुसंग हामीहरुले आज एक दिन घुल्ने प्रयास गर्दा हाम्रो आखा नै रसायो ।
बाढीपिडितहरुको समस्या आज हामी उनीहरुले शब्दमा राख्न चाहन्छौ । बाढीपिडित दिनेश राम बासका खम्बाहरुबाट टहरा बनाउदैं “अहिले हामी घर विहिन भएका छौं खाने कुरा छैन्, बस्ने बास स्थान छैन अरुले बस्न दिया छैन” भन्दैं दुखेसो पोखे । बाढीबाट पिडित भएका गणेश राम बाढीले भत्काएको बाटोमा ढुंगा राख्दैं “एकासी आएको बाढीले घर बगायो, जेनतेन गरेर ज्यान जोगाए, खाने कुरा छैन्, बस्ने बास स्थान छैन, राहतको नाम अहिले सम्म केही पाएन्” भने । बाढीबाट घर बगाए पछि आफूहरुलाई आफना गाईबस्तुलाई बासस्थानको व्यवस्थापनमा जुटेको महेश राम भन्नु हुन्छ “के गर्ने दैवको महिमा हामी त एक सुकुम्बासी अर्कोबाढी पिडित, नआफु बस्ने ठाउ छ नत गाई बस्तु राख्ने ठाउ, हिजो एक त्रिपाल पाए भएका बासहरु जोडि आफु र गाई बस्तुबस्ने टहरा बनाउदैं छु” दुखेसो पोखे । आफ्ना तिन छोराहरुको घर बाढीले बगाएको देखाउदैं पिडित योगेन्द्र ठाकुर “छोराहरुले कति मिहिनेत गरि भर्खर भर्खर घर जोडेका थिए जोड्दैं थिए, दैवले देख्न सकेन एकै छिनमा सब सखाप भो, छोरा बुहारी तथा नातीनातिनाहरु सब विचल्ली छन् । न खाने ठिक नबस्ने ठिक, केही मात्रामा बाचेको घर पनि फाटेका छन् कतिबेला खस्छ कुनि ठेगान छैंन् ”। अर्काबाढी पिडित श्यामनन्दन दास “आफुले निर्माण गरिरहेको टहरा आफुहरुका लागि र आफना गाईबस्तुहरुका लागि बनाई रहेको बताए, दासले यी टहराले के पुग्नु एक भरोसा मात्र हो दुई छोरा छन् ठुला भए संग सुत्ने अवस्था छ, राहतको नाममा त यही त्रिपाल हो र दुई मुठि चिउरा”।
बाढीबाट पिडित भएकी पार्वती देवी राम “अब घरै बगाए पछि घरमा भएका सामग्री तथा अन्य खानेकुराहरुको के भन्ने, घरमा भएको भकारी, अन्य सबै बगाए जेहोस ज्यान जोगाईयो, अब के भन्ने खानेपानीको व्यवस्थापन छैन्, खानेकुरा छैन्, छिमेकीहरुले केही खानेकुरा दिए सोही सहारा छ ” । बाढीले बगाएको घर अगामी राहतका आश देखि रहेकी इन्दु देवी राम “बाढी पछि त न मन्त्री आए न नेता आए न सांसद आए कोही आए न राहत दुई मुठी चिउरा पाए, त्रिपाल ।” अर्का पिडित शारदा देवी राम “अब के भन्ने राहत वितरणमा पनि भेदभाव भई रहेछ जसको बाढीले बगाएको छ उसले त पाउने नै हो तर क्षति नभएकाहरुलाई पनि राहत, हामी त निरिह” यी त केही पात्र मात्र हुन यस्ता सयौं घर परिवार छन् जसलाई बाढीले घर विहिन बनाएको छ ।
पिडा र बेदना पछि हामीले केहि गर्न नसके पनि सबैलाई निकायलाई सहयोगका लागि अपिल गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here