रौतहट, १ साउन ।
असार २८ गते रौतहटमा आएको बाढीबाट पिडित भएकाहरुलाई राहत आउने क्रम सुरु भएको छ ।
यसै क्रममा रौतहटको बाढीपीडित मध्ये गौर नगरपालिका वडा नं ६ सबगढा टोलमा रहेको १२१ दलित घर परिवारलाई हेटौंडाबाट आएकी सुष्मीता विष्ट, रुसी विष्ट तथा विराटनगरबाट आएका सपन ढकालले राहत पैकेज वितरण गरेका छन् ।
गल्र्सरुम नेपाल हेटौंडा, क्रेजी ज्ञान र क्वीक भल्टीएरको सहयोगमा संकलित राहत सामग्री रौतहटमा संचालित रिपोर्टस क्लब नेपालको सहकार्य तथा अध्यक्ष अभिमन्यु पटेल तथा अन्य संचारकर्मीहरुको उपस्थितिमा उक्त राहत वितरण गरिएको हो ।