अखिलेश कुमार यादव ।
रौतहट,असार ३१
खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिदा रौतहटमा एक युवकको मृत्यु भएको छ ।

रौतहटको गढ़िमाइ नगरपालिकाको वडा नं. ४ सङ्ग्रामपुरमा रोपाइँको लागी खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिदा परमेश्वर यादवको छोरा मनोज यादवको मृत्यु भएको हो ।

पल्टिएको ट्रयाक्टरले च्यापिएर यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here