रौतहट, २१ असार ।
रौतहटको कटहरिया नगरपालिकामा विभेद विरुद्धको सचेतना अभियान शनिवारबाट सुरु भएको छ ।

कटहरिया नगरपालिकाको आयोजना तथा मानव अध्ययन केन्द्रको सहआयोजनामा संचालित कार्यक्रममा नगर प्रमुख सियाराम कुशवाहा, नगर उपप्रमुख नुरजहाँ खातुन, जनता माध्यमिक विधालय कटहरियाका प्रधानाध्यापक योगेन्द्र कुशवाहा, नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका सह संयोजक सुरेन्द्र ठाकुर सह आयोजक संस्थाका पदाधिकारीहरु लगायत सरोकारबालाहरुको सहभागीता रहेको थियो ।
