काठमाडौं

समाजमा व्याप्त जातीय छुवाछुतको कुरुप तर जीवन्त तस्बिर चित्रण गरिएको आख्यान कृति ‘उज्जवली’ लोकार्पित गरिएको छ ।

शुक्रबार राजधानीमा अग्रज आख्यानकार डा. ध्रुवचन्द्र गौतमबाट गगनसिंह थापाको पाँचौँ कृति ‘उज्जवली’ लोकार्पित गरिएको हो ।

आख्यानकार थापाको ‘उज्जवली’ प्रमुख अतिथि बरिस्ठ आख्यानकार डा.ध्रुवचन्द्र गौतम, सांसद द्वय रामबहादुर बिष्ट , शेरबहादुर कुवर , पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोरा, प्रसिद्ध आख्यानकारहरू नयनराज पाण्डे, किशोर पहाडी, नारायण तिवारी, महेशविक्रम शाह, निलम कार्की निहारिकालगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

विशेषतः उज्ज्वली सुदूरपश्चिम पहाडमा रहेको जातीय विभेदबाट समाजमा रहेको दुखद र सङ्घर्षपुर्ण कथानक भएको लघु उपन्यास हो । लेखकले आफ्नो समयमा देखेको जातीय विभेदलाई जस्ताको त्यस्तै चित्रण गरेका छन् ।

थापाका यसअघि संयुक्त कथासंग्रह सोह्र सौगातसहित उपन्यासहरू कर्णालीको छेउछाउ, मेरो मधुशाला र पू्र्खाको चिट्ठी प्रकाशित भइसकेका छन् । कैलालीका स्थायी बासिन्दा थापा सुदूरपश्चिममा उत्तरार्धमा देखापरेका ‘गतिला र पाका लेखक’का रूपमा परिचित छन् ।

बुक्सेलर काठमाडौंद्वारा प्रकाशित ‘उज्जवली’को लोकार्पण समारोहमा चर्चित लेखक तथा सम्पादकहरू विमल भौकाजी, तुलसीहरि कोइराला, तोाया गौतम, अश्विनी कोइराला, स्वागत नेपाल, कृष्ण सर्वहारी, विवश बस्ती, प्रशान्त अर्याल, रामजी दाहाल,बलराम प्यासीलगायतको विशेष उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here