रौतहट, २० आषाढ ।
विपद व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको पूर्व तयारी बारे बलको न. ११ गण हेड क्वाटर रौतहटबाट प्रदर्शनी अभ्यास गरिएको छ।
मनसुनको शुरुआत संगै आउन सक्ने सम्भावित विपदको बेला उद्दार कार्यलाई व्यवस्थित तथा प्रभावकारी ढंगबाट परिचालन गर्ने उदेश्यले राजदेवी नपा ६ स्थित बागमती नदीमा प्रदर्शनी अभ्यास गरिएको हो। उक्त अभ्यास प्रदर्शनीमा स्थानीय श्रोत साधनबाट निर्मित विपद उद्दारका सामग्रीहरुको प्रदर्शनी तथा प्रयोग विधी, नदीको पानीमा बहाव बढेपछी नदी पारी फसेका व्यक्तिहरुलाई उद्दार गर्ने तरीका, नदीमा बगिरहेका व्यक्ति लाई उद्दार गर्दै सुरक्षित ठाउँमा प्राथमिक उपचार दिने तरीका र बाढी तथा डुबानबाट जन धनको क्षति हुन नदिने विधी बारे गणले अभ्यास संचालन गरेको छ।

Image may contain: one or more people, outdoor and nature


अभ्यास प्रदर्शनीमा सशस्त्र प्रहरी बल नेपाल न. ११ गण हेड क्वाटर रौतहटका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल, माधव नारायण नपा का प्रमुख विरेन्द्र यादव, राजदेवी नपा प्रमुख धिरेन्द्र कुमार सिंह, नेपाल प्रहरीप्रहरी लगायत अन्य विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here