रौतहट, १९ असार ।
परोहा नगरपालिकाका मेयर शेख वकिलले एक साथ विहीबार २ योजनाको निर्माण कार्यका लागि सिलान्यस गरेका छन् ।
मेयर वकिलले परोहा नगरपालिकाको वडा नं. ६ मा ६७ लाखको लागतमा निर्माण हुने प्राथमिक विधालय भेहियाहीको ४ कोठे भवनको सिलान्यास गरेको छन् भने त्यस्तै १८ लाखको लागतमा सोही वडामा निर्माण हुने प्रस्तृुति गृहको ३ कोठे भवन समेतको सिलान्यास गरेका छन् ।
आज आयोजित सिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादव, विधालयका प्र.अ.रामकुमार पटेल, स्वास्थ्य चौकीका प्रमुख, नगरपालिकाका प्राविधिक प्रमुख, सम्बन्धित वडाका अध्यक्ष लगायत अन्य दर्जनौंको उपस्थिति रहेको थियो ।