आमाले चाड पर्व होस या अरु कुनै दिन
भान्छा केही मीठो पाक्दा सम्झिन्छिन
दिनभरी घरको काम एक्लै
गर्दा उता सन्तान यसरी नै
थाक्यो होला भनी सम्झिन्छिन
खेतबारीमा बाली उठाउदै गर्दा आकाश
मडारिएरअसिना पानी पर्दा छोरा पनि
बाटो
हिड्दै गर्दा भिज्यो होला भनी छाता
सम्झिन्छिन।
धेरै थाकेर,खाना खाइ सके पछि पिढीको
डिलमा
बस्दा यसो लोलाएर नयनमा दिउसै
सपना
देख्दा आत्तिदै आफ्ना सन्तानलाई सम्झि
तर्सिन्छिन
पर डाडामा कतै कसैको आकृती देख्दा
परदेश
गएको छोरो घर फर्की आएछ भन्ने आश
बोकी हरेक साझ-बिहान त्यहि चौतारीमा
पर्खिन्छिन।
अंशु कार्की
मकवानपुर