रौतहट, १८ असार ।
रौतहटको ईशनाथ नगरपालिकाका अहिले अनुगमनमा व्यस्त देखिएका छन् । नगर प्रमुख सन्तोष मेहता तथा निमिति प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता स्थानीय प्रहरी तथा प्राविधिक सहित लिई संचालित योजनाहरुको अनुगमनमा होमिएका छन् ।
नगरपालिकाबाट संचालित योजनाहरुको भुक्तानी कार्य अगाडी बढाउनु पर्ने भएकाले कार्य भए नभएको तथा भएमा सन्तोषजन भए नभएको हेर्न अनुगमन कार्य गरिएको नगरप्रमुखका प्रेससल्लाहकार किशोरी यादवले जानकारी दिनु भएको हो ।
नगरपालिकाबाट संचालित योजनाहरुको भुक्तानी कार्य अनुगमन प्रतिवेदन तथा मुल्यांकनको अधारमा मात्र गरिने गरिएको लेखाफाँट प्रमुख मनोज ठाकुरले जानकारी गराए ।