पोखरा

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् । पोखरा विश्व विद्यालयको २० औं साधारणसभालाई मंगलबार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउनसक्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको बताए । पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै शासकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्था लामो समय नरहने बताए । उनले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठूलो ठुलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको बताए । कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन्प्र धानमन्त्रीले भने यस्तो अवस्थामा उसको समय,स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ । प्रधानमन्त्रीले त्यस ठाउँको आवश्यकता,रोजगारीको अवसर आदि कुराको बिष्लेषण गरेर मात्र विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here