रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ । गाउँपालिकाले सार्वजानिक गरेको नीतिमा शिक्षा, स्वास्थ्य तथा सरसफाई, महिला वालावालिका, युवा तथा जेष्ठ नागरिकको क्षेत्रलाइ समेटेको छ । त्यसैगरी, पूर्वाधार अन्तर्गत सडक,वन तथा बातावरण क्षेत्रलाई समेटिएको छ । आज गाउँपालिकाका अध्यक्ष कमानसिं तामाङको अध्यक्षता एवम् ३ नं प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यतामा गाउँपालिकाको पाँचौ गाउँसभामा अध्यक्ष तामाङले आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक नीति तथा कार्यक्रम सहितको बजेट सार्बजनिक गर्नुभएको हो । गाउँपालिका उपाध्यक्ष कृशला घिसिङले प्रस्तुत गर्नुभएको बजेट अनुसार आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि आय तर्फ संघिय सरकारबाट बित्तिय समानीकरण तर्फ रु १२ करोड ४८ लाख, राजस्व वाडफाड बाँट ७ करोड ५३ लाख, ससर्त अनुदान तर्फ १४ करोड ८७ लाख, प्रदेश सरकारबाट प्राप्त बित्तिय समानीकरण तर्फ ९९ लाख ६७ हजार, सशर्त तर्फ १८ लाख ९८ हजार, सामाजिक सुरक्षा तर्फ, ५ करोड, चालु आर्थिक बर्षमा खर्च नभई बाँकी रहेको रकम करिब ३ करोड प्रदेश सरकारबाट प्राप्त हुने सबारी साधन कर बापत २ करोड १ लाख १२ हजार आन्तरिक आय गरी कुल ४६ करोड ३९ लाख ७७ हजार हुने अनुमान रहेको छ।