रेडखर ।

राैतहट,१४ असार ।
गरुडा नगरपालिका, राैतहटका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संचालनमा रहेका याेजनाहरुकाे कार्य सन्ताेषजनक नभए भुक्तानी नदिने बताएका छन् ।
नगरपालिकाका विभिन्न वडाहरुमा संचालित विभित्र अायाेजनाहरुकाे अनुगमन तथा निरिक्षण गर्न याेजनास्थलमा पुगेका प्रमुख प्रशासकीय अधिकृत पन्थीले “याेजनाकाे अनुगमन नगरी कुनै भुक्तानी हुदैन । पत्रकार, जनप्रतिनिधि, प्राविधिक सहित अनुगमनलाई तिव्रता दिईएकाे छु” प्रतिक्रिया दिनु भयाे ।
कामकाे गुणस्तरीयता र कामकाे अवस्था हेरि मात्रै भुक्तानी बारे केही साेच्न सक्नेकाे भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here