असार १४
भारत : भारतको महाराष्ट्रको पुणेमा घरको पर्खाल भत्किदा पन्ध्र जनाको मृत्यु भएको छ । पुणेको कोढवामा निर्माणाधीन हाउजिङसँगै मजदुरहरु बसेको सानो टहरामाथि पर्खाल खसेको हो । पर्खालले थिचिएर दश पुरुष, एक महिला र चार बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा अधिकांश पश्चिम बंगालका मजदुरहरु रहेका छन् । दुई जनाको सकुशल उद्दार गरिएको छ । घाइतेको संख्या एकिन भएको छैन । शुक्रबारदेखि महाराष्ट्रमा ठुलो बर्षा भएको थियो । बर्षातका कारण ३३ वटा रेलको सेवा रद्द भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here