रामेछाप असार १४ ।

रामेछापको दुरागाउँमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने वडा अध्यक्ष गम्भीर घाइते भएका छन्। लिखु तामाकोशी गाउँपालिका वडा नं १ तेर्सेमा शनिबार बिहान दुरागाउँबाट साब्रा जाने क्रममा ना ४ च ६२०५ नं को बोलेरो जीप दुर्घटना भएको स्थानीय ज्ञानबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चालक क्याल्बु तामाङको मृत्यु भएको छ भने वडाध्यक्ष निङ्मार तामाङ गम्भीर घाइते भएका छन‍् । गुरुङका अनुसार घुम्तिनिर दुर्घटना हुन लागेको संकेत पाएपछि वडाध्यक्ष र चालक दायाँबाँया साइडमा हाम फालेका थिए । तर चालक हाम फालेको साइडबाट जीपले चालकलाई किचेर खसेको स्थानीयले बताएका छन् । दुर्घटना भएको जीप चालक स्वयंको निजी गाडी हो । घटनाको थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here