महोतरी, ११ असार ।
महोतरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ८ का वडाअध्यक्षले कानुन विपरित आफुहरुको घर भत्काउन लागेको अरोेप स्थानियबासीहरुले लगाएका छन् ।
वडा नं. ८ का अध्यक्ष राजदेव यादवले शिवनगर बाटो निर्माण क्रममा कानुनी बिपरित कार्य गई दुवै तर्फबाट फराकिलो गर्नु पर्नेमा आफन्त तथा आफना मान्छेहरुको खाली जग्गा बचाउन आफुहरुले बस्दै आएको घर एक तर्फी सडक विस्तार कार्य गरि भत्काउन लागेको आरोप लगाएका छन् ।
स्थानियबासी सुरेन्द्र महराका अनुसार वडा अध्यक्ष यादव तथा गाउपालिका अध्यक्ष राज कुमार यादव राजनितिक स्वार्थ तथा आफन्तलाई सहयोग गर्न कमजोर दलितवर्गलाई हेप्र्दै उनका घर भत्काउने प्रयोजनमा गाउपालिका रहेको आरोप लगाए ।
गाउपालिका प्रमुखलाई स्थानियबासीहरु भन्न जादा समस्याको पहिचान नगरि उल्टैं दलित भनि हप्काउने गरेको महराको आरोप रहेको छ ।
बाटो निर्माण हुनु अति नै सराहनिय कार्य भए पनि बास्तविक पहिचान गरि तथा दुबै तिर सम्मान विस्तारको व्यवस्था मिलाउन हाम्रो पनि माँग हो ।
Home मुख्य समाचार सोनमा गाउपालिका ८ का वडाअध्यक्षले कानुन विपरित घर भत्काउन लागेको स्थानियबासीको आरोप...