असार ११ रौतहट ।
रौतहट प्रहरी विरुद्ध विरोध प्रदर्शन गरेको छ । प्रहरीको लापरबाहीले थुनुवाको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर अगाडि प्रदर्शन गरेका हुन् ।

मंगलवार गाडी दुर्घटना भएर दुई थुनुवाको मृत्यु भएको विरोधमा स्थानीयले ईलाका प्रहरी कार्यालय चन्द्रपुर अगाडि प्रदर्शन गरेका छन् ।
लागुऔषध मुद्दाका आरोपी साह र सवारी ज्यान मुद्दाका चौधरीलाई म्याद थपका लागि जिल्ला अदालत लैजाने क्रममा चन्द्रपुर सडकखण्डको बालचनपुर नजिक भएको प्रहरी भ्यान दुर्घटनामा थुनुवाहरु चन्द्रपुरका २० वर्षका निर्मल साह र सुनसरी इनर्वा १ का रमेश कुमार चौधरीको मृत्यु भएको थियो ।

रौतहतट जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले वन मुद्दामा वरामद गरेको भारतीय गाडी ईलाका प्रहरी कार्यालय चन्द्रपुरले प्रयोग गर्दै आएको थियो । उक्त गाडी दुर्घटनामा परि प्रहरी समेत घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here