अखिलेश कुमार यादव
रौतहट असार १० ।
रौतहटमा प्रहरीको भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परि ६ जना प्रहरी सहित १० जना घाइते भएका छन् ।
थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भ्यान मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना भएको हो । घाइते चार प्रहरी मध्ये दुई प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् । ४ थुनुवा घाइते मध्ये दुई थुनुवा पनि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।
उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।