असार १० रौतहट
रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. ३, मटिअर्वामा ग्यास सिलिन्डर तथा चुला सेट वितरण कार्यक्रम सम्पन्न भएका छन् । प्रदेश सभा सदस्य राम किशोर राय यादवलको संसदिय विकास कोष रकमबाट २० घरपरिवारलाई निशुल्क ग्यास सिलिन्डर तथा चुला सेट वितरण गरिएको छ ।

निशुल्क ग्यास सिलिन्डर तथा चुला सेट वितरण कार्यक्रममा बौधिमाई नगरपालिकाका नगर प्रमुख राजिव रंजन यादव, जिल्ला समन्वय समिति रौतहटका उपसभापति राम बसिष्ठ राय यादव, बौधिमाई नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हृदय नारायण यादव, वडाका वडा स्द्स्यहरु, पत्रकार तथा स्थानिय नगरवासीको सक्रिय सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here