असार १० दाङ,

दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ स्थित मौरीघाट मावि छेउमा रहेको जामुनाको रुखमा चढेका बेला चट्याङले तीनजनाको ज्यान लिएको हो।

चट्याङले राप्ती गाउँपालिका ३ मौरीघाटका ११ वर्षीय रमित चौधरी र विनास चौधरी, १३ वर्षीय साजन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए।

जामुनको रुखमा चारजना खेली रहेका बेला चट्याङ परेको थियो । तीनजनाको घटना स्थलमै मृत्यु भएको र एक जना घाइते भएको पाण्डेले बताए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here