पर्वत ०८ असार ।
पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउराली बजारबाट बालाकोटतर्फ जाँदै गरेको ग२च ७१२८ नम्बरको जिप लुंखुबजार भन्दा केही तल दुर्घटना भएको हो । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४ जना घाइते भएको र उनीहरूको लुखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारको काम भइरहेको वडा अध्यक्ष जीवन उचै ठकुरीले जानकारी दिए । थप विवरण भने आउन बाँकी छ ।
4