रौतहट। आषाढ ८ गते।
करेन्ट लागेर गौर ९ सिर्सिया निवासी ४० वर्षिय रामचंद्र पासवानको मृत्यु भएको छ।
आज विहान करिव ११ बजेको समयमा आफ्नो खेतमा मोटर लगाइ पानी लगाउने क्रममा पासवानलाई सोहि मोटरको तारबाट करेन्ट लागेको थियो। घटना घाईते पासवानलाई उपचारको लागि जिल्ला अस्पताल गौर ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। घटनाको सुचना लगतै जिप्रका बाट अनुसन्धान अधिकृत सहितको (so-co) टोली खटिएको र मृतक लासको पोष्टमाटर्म जिल्ला अस्पताल गौरमा गराईएको प्रहरीले जनाएको छ।