बर्दिया, ०८ असार
इसाई धर्म प्रचार प्रसार गर्दे हिँडेका एक अमेरिकी र नेपाली नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बासगढी नगरपालिका–४ अस्नेरीमा घरघरमा गएर धर्म प्रचारप्रसार गर्दै हिडेको अवस्थामा २१ वर्षीय अमेरिकी नागरिक ब्राडेली नाभार र बासगढी –४ का २७ वर्षीय हिरासिंह सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

धर्म प्रचार प्रसार गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए । पक्राउ गरिएबाट धर्म प्रचार सम्बन्धी सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध धर्म सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here