गीत

–रामकाजी राई दिबुछा

तिम्रै हातमा छ मेरा जीवन बचाउ या जे गर
सुम्पिदिएँ मैले तिमीलाई नै अब जे सुकै गर

सबै तोडी आएँ सबथोक तिमीलाई सम्झेर
जिन्दगीभर तिमीसँगै जिउने कसम खाएर
मारे पाप पाले पुन्य छोडि आएँ जन्मघर
सुम्पिदिएँ मैले तिमीलाई नै अब जे सुकै गर

दुई दिनको पाहुना म तिमी पनि मजस्तै हो
बाचुन्जेल बाँकी जीवन हाँसेरै बिताउने हो
मेरो भन्नु सहारा तिमी नै हो परेँ तिम्रै भर
सुम्पिदिएँ मैले तिमीलाई नै अब जे सुकै गर

–खमारे, खोटाङ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here