गजल

–रत्नराज पुन

आँसु आँखामा हुन्छ कति किलो ? सिकाइदिनुहोस्
अनि पसिना किन हुन्छ नुनिलो ? सिकाइदिनुहोस्

मीठो होस् या नहोस् मैले जानेको खान मात्रै हो
ढिँडो गिलो ? या सिस्नू गिलो ? सिकाइदिनुहोस्

सासू आमा सधैँ ज्वाइँ गतिलो भएन भन्नुहुन्छ
अब म चैँ कसरी बनूँ गतिलो ? सिकाइदिनुहोस्

जहाँ पातलो हुन्छ नि ? त्यहीँ प्वाँल पर्छ ! भने झैँ
अप्ठ्यारोमै किन निस्कन्छ पिलो ? सिकाइदिनुहोस्

शिक्षकले सोध्नुभयो हात्तीलाई काटे के बन्छ ?
मासु बन्छ ? कसरी कमिलो ? सिकाइदिनुहोस्

मगर भएर पनि किन डराको ? यो त भनिसक्नुभयो
अब ‘रत्न’ कसरी बन्ला आँटिलो ? सिकाइदिनुहोस्

–जाजरकोट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here