फेब्रुअरी १३ अर्थात विश्व रेडियो दिवस , संसारका रेडियोकर्मीहरुले उत्सवका रुपमा आजको दिनलाई मनाउने गर्छन् । आजकै दिन अर्थात सन् १८९४ फेव्रुअरी १३ मा ईटलीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविस्कार गरेपछि यसै दिनलाई विश्व रेडियो दिवशको रुपमा मनाउन थालिएको हो । यसै सन्दर्भमा आज नेपालमा पनि रेडियो दिवस मनाइँदै छ ।

–मनोहर ढकाल

वास्तवमै रेडियो एउटा सर्वसुलभ र सरल सञ्चारको माध्यम भएकोले नयाँ नयाँ सञ्चारका प्रविधिको आविस्कार भई रहँदा पनि यसको लोकप्रियतामा कुनै कमी आएको छैन । नेपालको सन्दर्भमा हेर्ने हो भनेपनि सञ्चार जगतमा रेडियोले छोटो समयमा ठूलो प्रगति गरेको देख्न सकिन्छ । नेपालमा एउटै रेडियो, रेडियो नेपाल जुन सरकारी रेडियोको रुपमा आजपनि प्रशारित छ । केही वर्ष अगाडिसम्म यहि एउटा रेडियोबाट मात्र जनता हरु सु–सुचित हुने अवसर प्राप्त गर्दथे । तर २०४६ को बहुदल पश्चात रेडियोको विकास क्रममा परिवर्तन आएको पाउन सकिन्छ फलस्वरुप वि।सं। २०५४ सालमा सामुदायिक रेडियोको सुरुआत भयो ।

जुन जनताहरुको आफ्नै प्रयासबाट स्थापना भएको थियो रेडियो सगरमाथा १०२।४ मेगाहर्ज यो एफएम व्याण्डको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो थियो । यसपछि स्थानीयस्तरमा देश भरिनै सयौँ रेडियोहरु स्थापना भइसकेका छन् । देशका महत्वपूर्ण राजनीतिक परिवर्तनहरुमा जनताका तर्फबाट वकालत गर्न सदैव अग्रणी भूमिका खल्दै आएको सर्वविदितै छ । जनतालाई सु–सुचित गर्न स्थानिय स्तरका खुलेका रेडियोहरुले हरदम प्रयास गरिरहेका छन् । राष्ट्रिय तथा अन्तराट्रिय नेटवर्कसंग जोडिएर देश विदेशका खबरहरु स्थानीय स्तरमा पु¥याउने सरल माध्यम रेडियो वनेको छ । स्थानीय रीति, सस्कृति, भाषाको जगेर्ना गर्ने यो एउटा दरिलो माध्यम बनेको छ ।

रेडियोले समुदायको सञ्चारको सम्वाहकको रुपमा कार्य गर्दा गर्दै पनि यो बर्तमान अवस्थामा आएर सञ्चालन गर्न पनि धौ धौ परिरहेको छ । सरकारले सञ्चारलाई गर्ने व्यवहार, स्पस्ट विज्ञापन नीति, रेडियोमा लगाईएको कर जस्ता कारणले रेडियो सञ्चालन नै धराशायी बन्दै गईरहेको बर्तमान अवस्थामा देश विकासको मेरुडण्डको रुपमा रहेको रेडियोहरुलाई समुदायका अगुवाहरुले प्रयोग गर्ने मात्र हैन कि यसलाई बाँच्न सक्नेसम्म बनाउनुपर्ने देखिन्छ ।

रेडियो सञ्चालकहरुले पनि निष्पक्ष रुपमा जनताको तर्फबाट वकालत गरिदिने माध्यमको रुपमा रेडियोलाई बनाउन सक्नु पर्दछ । शक्तिको पछाडि नलागी जनताको वकालतमा हरदम लागिरहे त्यस्ता रेडियोलाई जनताले माया गरिरहने छन् । त्यो रेडियो सँधै जनताको हुने छ । ती रेडियोहरुले बाँच्नका लागि सरकारलाई गुहार्नु पर्ने छैन जनताले बचाउने छन् । रेडियो दिवसको शुभकामना ।

(ढकाल दिवंगत भइसक्नु भएको छ, ढकाल सामुदायिक रेडियो पालुङका संस्थापक रेडियोकर्मी हुनुहुन्थ्यो, अडियो टावरबाट सुरु भएको रेडियो पालुङको यात्रा आरोह अवरोहका बीच निरन्तरता छ । यो ब्लग चैँ हामीले मनहरी डटकमबाट साभार गरेका हौँ ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here