कविता
–मसान उपासक

जीन्दगीको रफ्तारमा जेब्राक्रस
ब्रेकिङ वाल वनेर उभिएको छ ।

यहाँ उभिनु अघि मान्छे
जीन्दगीको दौडमा हुन्छ
र सुस्ताँउछ
जसरी
लोडसेडिङको समय सुस्ताउँदा
अन्धकार बन्छ मेरो कोठा ।

जेब्राक्रसमा उभिनुअघि
गरेका सबै काम सम्झन्छु
जीन्दगीको भागदौड
गरेका सबै सङ्घर्ष
पाएका हरेक उपलब्धी
मैले देखेका भविष्य
बनाउछु कसैको आखाँमा सुन्दर आकृति
र जुधाँउछु आखाँ तिमीसँग

मलाई थाहा छ
यो जीन्दगीकै विसौनी हो
जहाँ वसेर मैले
तिमीलाई हेरेरै आफ्नो बनाएँ आफैसँग
र ध्वस्त पारेर फर्किएँ कोठामा ।

हरदिन यहाँ उभिदा
म तिमीलाई सम्झन्छु
साँझ कोठा पुग्दा विर्सी सक्छु ।

यहाँ बनेको सपना
यहाँबाट पार भएसँगै सकिन्छ
यहाँ उभिदा ठोक्किएका आखाँ
जीन्दगीको अनुपम भ्रम हो
भ्रममा बाँच्नु मूर्खता हो ।
यति जान्दाजान्दै
जेब्राक्रस भएर जादाँ
तिमीलाई औधी सम्झिन्छु

तर जेब्राक्रसमै छुट्छ सम्झना
जब छुटेको झोला झैं लिन फर्कन्छु
कसैले न कसैले अपहरण गरिसक्छ सम्झना
यही जेब्राक्रसमा अल्झिरहने सम्झनालाई
फुकाएर मसँगै हिँडाउँने बहानामा
बाँचिरहेछु दिग्भ्रम ।

बकैया–४, मकवानपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here