स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भैइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।
थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गरेका मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्यांक छरिएर रहेकामा एकीकृत गर्नका...
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।
शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने...
परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटलीको राजधानी रोम जाँदैछिन् ।
खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा आज रोम जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५,...
रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा विभिन्न सावारी र पैदल यात्रीहरुलाई रोकी जाँच गर्ने क्रममा युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौर–१...
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले नतिजा प्रकाशनको मिति भने टुंग्याएको छैन । त्यसैका लागि बोर्डले आज बोर्ड बैठक बस्ने तयारी...
हिम स्टार उर्जा कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको प्राथमिक चरणको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई गाजा पट्टीमा हमासविरुद्धको युद्ध समाप्त गर्न दबाब दिएका छन् ।
यो दबाब इरानविरुद्धको १२ दिने युद्धको सफलतापछि आएको हो । यद्यपि, इजरायल र हमासबीच चलिरहेको युद्धविराम र बन्धक सम्झौता वार्तामा संलग्न मध्यस्थकर्ताहरूले...
केन्द्रीय अफ्रिकी गणराज्यको राजधानी बाङ्गुईमा ट्रान्सफर्मर विस्फोटपछि भएको भागदौडमा परी २९ बालबालिकाको मृत्यु भएको छ ।
बाङ्गुई सामुदायिक अस्पतालले राजधानीको एक विद्यालयमा विद्युत ट्रान्सफर्मर विस्फोट भएपछि ठूलो संख्यामा विद्यार्थीहरूमा डर र आतंक फैलिएको जनाएको छ ।
स्थानीय रेडियोहरुले समेत विस्फोटको आवाज...
पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ ।
जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको...














