युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।
निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै मन्त्री चौधरीले तोकिएको समयमै रंगशाला सम्पन्न हुने आशा व्यक्त गरेका हुन् ।
निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै मन्त्री चौधरीले मौसम प्रतिकूल हुँदा पनि ठेकेदारले उल्लेखनीय रुपमा काम अघि बढाएको उल्लेख गरे ।
‘काम तुफान गतिमा भइरहेको छ । मौसमले साथ दियो भने असारभित्रै रंगशाला सम्पन्न हुने हाम्रो आशा छ,’ उनले भने ।
उनले निर्माणकार्यमा खटिएका सबैलाई पानी नपरेको बेला दिनरात नभनी काम गर्न आग्रह गरे ।
क्रिकेटप्रति युवाहरूको बढ्दो आकर्षणप्रति उनले सम्मान प्रकट गर्दै भने,‘देशमा क्रिकेटको जुन क्रेज छ, म त्यो ऊर्जा र जोशलाई नमन गर्न चाहन्छु । तर क्रिकेट मात्र होइन, सबै खेलमा नेपाली खेलाडीहरूले ऐतिहासिक उपलब्धि हासिल गरिरहेका छन् ।’
उनका अनुसार यस वर्ष खेलकुद क्षेत्रमा सरकारले छुट्याएको पुरस्कार रकम ४–५ करोड रुपैयाँ भए पनि, अहिले खेलाडीहरूलाई दिइनुपर्ने पुरस्कार रकम १५–२० करोड रुपैयाँसम्म पुगेको छ । उनले आवश्यक थप बजेटका लागि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here