फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३–१ ले पराजित गरेको छ । खेलको सातौं मिनेटमै डिफेन्डर राउल एसेन्सियो रातो कार्ड खाँदै बाहिरिए पनि १० खेलाडीमा सीमित रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको हो ।
रियल मड्रिडका लागि जुडे बेलिङ्घमले ३५औँ मिनेटमा पहिलो गोल गरे भने आर्दा गुलेरले ४३औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ७०औँ मिनेटमा फेडेरिको भाल्भर्डेले तेस्रो गोल गर्दै अग्रता ३–० बनाए। पाचुकाका एलियास मोन्टिएलले ८०औँ मिनेटमा सान्त्वना गोल गरे।
जितसँगै समूह ‘एच’ मा रहेको रियल मड्रिडले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ। पाचुका भने लगातार दुई खेल हार्दै अंकविहीन बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here